न्यूजमधेश डेस्क
काठमाडौं,१ असार । नेपाली बजरमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बुधबार ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।