१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

बिज्ञान प्रबिधिको बिकासनै समृद्धिको आधार : मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार । मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको
बताउनु भएको छ।

युवा परिषद नेपालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्नु हुँदै नेपाल जस्तो आर्थिक रुपले पछाडी परेको देशको बिकासको मुहान नै बिज्ञानको विकास बन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

बिज्ञान प्रबिधिमा हामी पछाडी रहेको मुल कारण केन्दृकृत मानसिकता रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशको लक्ष्य नै बिज्ञान प्रबिधिको विकास र स्थानिय स्तरको प्रबिधिको अनुसंधान रहेको बताउनु भयो ।

प्रदेश निर्माण भैसक्दा समेत संघ अझै अधिकार दिनमा कंजुस्याई गरिरहेको ले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ती गर्न केही समय अझै लाग्ने उहाँको कथन थियो ।

बिज्ञान प्रबिधिको बिकासलाई मुलाधारमा ल्याउन प्रदेश सरकारले १२ कक्षाम अध्ययन गर्ने चेलिबेटी लाई ल्यापटप बितरण गर्ने योजनाले प्रभावकारी भुमिका खेल्नेमा आफू बिश्वस्त रहेको उहाँले दावी समेत गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]