०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कमला नगरपालिकाले ल्यायो ५७ करोड भन्दा बढी बजेट

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१० असार। पूर्वी धनुषाको कमला नगरपालिकाको छैठौं नगरसभा सफलतापुर्वक सम्पन्न भएको छ।

शुक्रबार भएको छैठौं नगरसभाबाट नगरपालिकाको अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५७ करोड बढी बजेट ल्याएको अनुमान गरिएको छ।शिक्षा ,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी भौतिक पुर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दा को रुपमा अगाडी बढाएको छ।

नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिएको हो।

आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ५७ करोड ३६ लाख ५३ हजार अनुमानित बजेट सार्वजनिक गरिएको हो। कमला नगरपालिका-२ माची झिटकहियास्थित नगरपालिकाको नवनिर्मित भवनमा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी ,सुरक्षाकर्मी ,संचारकर्मीको उपस्थितिमा बजेट सार्वजनिक गरिएको छ।

यता,कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मण्डललगाइत २५ जना जनप्रतिनिधिहरुले आफू बमोजिम बजेट मांग गरेपछि उनिहरुलाई विषय गत शाखाहरुको बजेट कटौती गरेर नदिएपछि कार्यक्रममा सहभागी नभएको वडा सदस्य अमोद मरिकले बताए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]