१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रअ महरालाई दुर्ववहार गरेको विरुद्धमा जनकपुर तताउदै दलित

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ असार। धनुषाको औरही गाउँपालिकाका प्रअ मदन महरालाई र्दुव्यवहार भएको विरोधमा संयुक्त दलित संघर्ष समितिले मंगलबार विरोध प्रदर्शन गरेको छ ।

जनकपुरको स्टेशनबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जनकपुरधामको रेल्वे स्टेशन बाट शुरु भएको प्रदर्शन भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुदैँ जनक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा दलितका अगुवाहरुले पीडितलाई न्याय दिई घटनाका आरोपित सुजित यादव र रामनाथ यादवलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

औरही गाउँपालिका झिटकैयास्थित श्री राम जानकी माध्यमिक विद्यालयका प्रअ मदन महरालाई कालोमोसो दलेर दुव्र्यवहार गरेको विरोधमा दलित अगुवाहरु मोर्चाबन्दी गरेर विरोधमा उत्रेका हुन् ।

उनीहरुले घटनामा संलग्नलालाई कारवाही नहुन्जेल सम्म आफुहरुले विरोध जारि राख्ने चेतावनी दिएका छन । उनीहरुले प्रधानाध्यापकलाई दलित सम्झेर नै हेप्न खोज्ने मनशायले नै घटना भएको बताएका छन् ।

गैर अभिभावक रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरा माथि कालोमोसो दलेपछि दलित समुदाय आन्दोलित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]