१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिका लागि सडक, काम रोक्का गर्न पत्राचार

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ असार । जनकपुरधाममा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागिएको सडक निर्माणको काम रोक्न उपमहानगरपालिकाले दिएको निर्देशन विपरित कामलाई निरन्तरता दिइएको छ ।

एक व्यक्तिले आफ्ना लागि सार्वजनिक जग्गा अतिक्रमण गरी नालासहितको बाटो निर्माण गर्न थाल्दा स्थानीयले बिरोध गरेपछि

उपमहानगरपालिकाले काम रोक्का गर्न आदेश दिएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित डेली टोलमा रामजानकी मन्दिरको जग्गा अतिक्रमण गरी सडक बनाउन थालेको स्थानीयले बताएपछि प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले काम रोक्का गर्न वडालाई पत्राचार गरेको छ ।

‘वडावासी विनोद कुमार साह लगायत १७ जनाले यस कार्यालयमा पेश गरेको निवेदन अनुसार “वडा नं ९ को डेली टोलमा वडा कार्यालपदेखी दक्षिण सिट नं. १३१५÷२४, कि.नं. ४९ र ५० को लगभग ५ धुर जग्गा सार्वजनिक रहेको र उक्त जग्गा अतिक्रमण गरी नाला र सडक निर्माण कार्य गरिरहेकोले उक्त अतिक्रमण कार्य अविलम्ब रोक्का गरी सार्वजनिक जग्गा संरक्षण गरि पाउँ भनी पेश गरेको निवेदनमा उक्त सार्वजनिक जग्गामा निर्माण कार्य नगर्न÷नगराउनु हुन जानकारी गराइन्छ’ उपाध्यायले वडालाई पठाएको पमा उल्लेख छ ।

उक्त सार्वजनिक जग्गामा निर्माण कार्य भए÷गरेमा कार्यालय भुक्तानी गर्न बाध्य नहुने चेतावनी समेत दिइएको छ ।

यस्तो चेतावनीपछि पनि रामबाबु साहले आफ्नै अगुवाईमा सडक निर्माणलाई निरन्तरता दिएका छन् । साहको आफ्नो बाटो बनाउन वडा कार्यालयले उनलाई बजेट दिएको स्थानीय बताउँछन् ।
स्थानीय बृद्ध हरिनारायण साहले रामबाबुले बर्षाैदेखि इनारसहित रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण गरी बाटो बनाउन लागिपरेको बताए ।

अर्का स्थानीय हेमशंकर यादवले वडा अध्यक्ष परमेश्वर साहले रामबाबुको व्यक्तिगत बाटो बनाउनका लागि बजेट दिएर सहयोग गरिरहेको बताए ।

यस सम्बन्धमा वडा अध्यक्ष साहसँग सम्पर्क गर्न खोज्दा हुन सकेन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]