न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाको टोलमा टावर लाइट लगाएको छ।
शनिबार पालिकाको वडा नं.६ का वडाध्यक्ष सुर्यदेव यादवको प्रयासमा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले जनताको चाहना अनुसार उनले एक टावर लाइट उपलब्ध गराएका हुन।
शनिबार साझा सो लाइट जडान भएपछि स्थानीयबासी खुसीले गदगद भएको स्थानीय युवा संजय रामले बताउनुभयो। वर्षौंदेखि अध्यारोमा आवतजावत गर्न रातिमा निकै कठिनाइ भैरहेको समस्या हिजोदेखि हटेको छ।अब रातिमा पनि दिन जस्तै लागिएको स्थानीय युवा रामले बताए।
उनले गाउँपालिका अध्यक्ष दिपिन देव यादव र वडाध्यक्ष यादवलाई टावर लाइट लगाउनुभएकोमा टोलबासीको तर्फबाट धन्यवाद दिएको छ।
त्यसैगरी वडा नं.५ मा पनि एक टावर लाइट जडान गरिएको छ।