१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

सप्तरीमा वर्षाका लागि पूजापाठ

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्यूजमधेश डेस्क
राजविराज, २७ असार ।सप्तरीका प्रशासन प्रमुखहरुले वर्षाका लागि सोमबार सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेर वर्षाका लागि गुहार गरेका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायत सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरुको टोलीसँगै मठमा पुगि वर्षाका लागि गुहार गर्दै पूजा गरेका छन् ।

लोहजरा भेडियो मठको नामले प्रसिद्ध बनस्खण्डी मठमा रुद्री, इन्द्र पूजा र हवन समेत गरेका छन् ।

जिल्लाका प्रमुख व्यत्तिहरुले मठमा पूजा गरेपछि पर्याप्त वर्षा हुने जविश्वास रहेको छ । पूजामा सहभागी स्थानीय नरेश कुमार यादवले भने, प्रत्येक वर्ष झै यस वर्ष यो पूजा समयमा नै भएको बताए ।

मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई बुझेर यो पूजापाठ गरिएको सप्तरी सिडियो गौतमले बताए ।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विधिपूर्वक पूजा सम्पन्न भएको र यसमा लागेको खर्च गाउँपालिकाले दिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]