१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

धनुषामा पनि एक मिटरव्याजी परे पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असार । धनुषाबाट एक जना मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत जग्गा राजीनामा पास गराई मिटर व्याजीमा ऋण दिने गरेको प्रहरीको भनाइ छ ।

ऋणीले ऋण र सावा व्याज लगायतको रकम भुक्तानी गरे पश्चात पनि जग्गा र कपाली तमसुक फिर्ता नगरी व्याजको व्याज लिन्छु भनी ठगी गरी फरार रहेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायले जानकारी दिए ।

उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट नियन्त्रणमा लिई ठगी शीर्षक मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]