०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

नेपाली काग्रेसका नेता सिंह समाजवादी पार्टीमा प्रवेश

Logo
प्रकाशित बुधबार, साउन २२, २०७६

विपिन यादव,काठमाडौ । नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा एक कार्यक्रम बिच मंगलबार पार्टी प्रवेश गरेको छ।

प्रदेश नं.७ मा नेपाली कांग्रेसका सक्रिय राजनीतिकमा चर्चित एवं नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंह २०३८ साल देखि ने .वि.संघ बाट राजनितिक यात्रा सुरु गर्दै विभिन्न समयमा नेपाली कांग्रेसको जिल्ला प्रतिनिधि हुदै लगभग ४ दशक लामो राजनीतिक यात्रा र विभिन्न समयमा समाज सेवामा आबद्ध रहि जनता र समाजको सेवा गर्दै आइरहेका थिए ।

नेपाली कांग्रेसको सक्रिय राजनीतिक मार्फत डडेल्धुरा बासीको सेवामा विगत लामो समय देखि विभिन्न जिम्मेवारी पुरा गर्दै आइरहेको थिए । नेपाली कांग्रेसको किचलो , नेतृत्वको अर्कमण्यता पार्टीको गतिहीन र दिशाहिन अवस्थाले अब नेपाली कांग्रेसबाट देश र जनताको पक्षमा कुनै ठोस काम हुन नसक्ने एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको छ।

पछिल्लो पटक नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल बीचको एकताले , उत्पीडित , उपेक्षित र निराश जनतामा आशाको बति बालेको छ ।
हिमाल ,पहाड ,तराई ,आदिवासी ,जनजाती ,उत्पीडित सम्पुर्ण समुदायलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याउन सक्ने नेतृत्व र पार्टी सामाजवादी पार्टी मात्र रहेको बताउदै लक्ष्मण सिंह लगायत दर्जनौं नेताकार्यकर्ता समाजवादी पार्टीको केन्द्रीय कार्यालय काठमाडौमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईको हात बाट अविर लगाएर समाजवादी पार्टीमा प्रवेश गरेको प्रदेश नं.७ समाजवादी युवा संघका अध्यक्ष गोविन्द गुप्ताले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]