०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

चुरे तथा वन जंगल संरक्षण अभियानिद्वारा आज जनकपुरधाम बन्द गर्ने घोषणा

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३० असार।
चुरे तथा वन जंगल संरक्षण अभियान समितिले चुरे जोगाउन माग गर्दै झाडु जुलुस निकालेका छन् ।

जनकपुरधाममा बुधबार अभियानमा सहभागी महिलाहरुले झाडु बोकेर विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनको क्रममा उनीहरुले मधेश प्रदेश सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । रेल्वे स्टेशनबाट शुरु भएको प्रदर्शन जनकपुरधामको विभिन्न चौकको परिक्रमा गरेको छ । चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवले विगतमा प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन नहुँदा पुनः आन्दोलन भएको जनाए । उनका अनुसार सुकुम्वासीको नाउँमा गलत व्यक्तिले चुरे तथा वनजंगलको जग्गा अतिक्रमण गरिरहेका छन् । सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराउन र वास्तविक भूमिहीनलाई जग्गा दिलाउन प्रदर्शन भएको उनले बताए । चुरे तथा वनजंगल संरक्षण अभियानका प्रतिनिधिहरु ०७८ भदौमा अनसन बसेका थिए । सोही क्रममा प्रदेश सरकारले भदौ ४ गते तीन बुंदे सम्झौता गरेको थियो । सरकारले गरेको सम्झौता अविलम्व सार्वजनिकगरी कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनु पर्ने माग पुनः अभियानले अगाडि सारेका छन् । अव्यवस्थित वसोबासीहरु भूमि अधिकारबाट वञ्चित रहेको हुनाले तत्काल भूमि अधिकार दिनुपर्नेमा जोड दिइएको छ । स्थानिय सरकारद्वारा उठीवास लगाउने कार्य बन्द गर्नुपर्ने र वनजंगल तथा चुरे क्षेत्रमा आयोगको मिलेमतोमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग पनि गरिएको छ ।

आयोगले वास्तविक भूमिहीन, दलितलाई जग्गा नदिएर नक्कली धनाढय व्यक्तिलाई दिने गरेको अभियानको आरोप छ । आयोगकै पदाधिकारीको संलग्नतामा चुरे मास्ने काम भइरहेको उनीहरुको ठहर छ । अभियानले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, उद्योग वाणिज्य संघ जनकपुरधाम र राजनीतिक दलका प्रतिनिधिलाई एकसाथ ध्यानाकर्षणपत्र बुझाएको थियो । त्यस्तै हिजो (मंगलबार) लालटेन जुलुस निकालेर सरकार विरुद्ध प्रर्दशन गरेका थिए । अभियानले बुधबार (आज) असार २९ गते झाडु जुलुस निकालोको छ भने भोली ३० गते बिहीबार जनकपुरधाम बन्द गर्ने कार्यक्रम घोषणा गरेको छ । चुरे संरक्षणमा जोड दिए पनि हरेक वर्ष चुरे विनाश भइरहेको छ । चुरेलाई जोगाउन नसकिए सम्पूर्ण तराई मधेश आगामी केही वर्षमा मरुभूमि हुने विज्ञहरुले चेतावनी दिन थालेका छन् । चुरे विनाशको प्रमुख कारण सरकारको अदूरदर्शी विकास योजना, ठेकेदारहरुसितको साझेदारी रहेका छन् । चुरे संरक्षणको कुरा गर्ने नेताहरुकै संरक्षणमा अवैध रुपमा उत्खनन भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]