२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मधेशी कामदारको पीडा बुझन डा सीके राउत कतार प्रस्थान

Logo
प्रकाशित बिहिबार, साउन २३, २०७६

जनकपुरधाम ।मधेशी कामदारको पीडा बुझन जनमत पार्टीका अध्यक्ष डा. सिके राउत विहिबार कतारतर्फ प्रस्थान गरेका छन् ।

गैरआवासीय मधेशी संघ (एनआरएमए) को कार्यक्रममा भाग लिनका लागि डा. राउत विहिबार अपरान्ह कत्तार प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राउत गैर आवासीय मधेशी संघले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागीता जनाउन उनी कतार लागेको बताइएको छ । कतारमा नेपाली दूतावास सहित अन्य नेपाली संघ संगठनहरुले समेत स्वागत अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।
१० दिने भ्रमणका क्रममा डा. राउतले नेपाली कामदारहरुको अवस्था समेत बुझ्ने बताएका छन् । त्यस्तै, त्यहाँका बिभिन्न क्याम्पहरुको भ्रमण गर्ने, कामदारहरुको समस्याहरूको समाधानका लागि पहल गर्ने तथा दुई देश बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक सांस्कृतिक प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनमत पार्टीका नेता चन्दन सिंहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]