न्यूजमधेश डेस्क
काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।
वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।
भट्टराई, हिलिया यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।
अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको थिए।