११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मतदाता नामावली संकलनको समय थप गर्न जनमत पार्टीको माग

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ असार। मतदाना नामावली संकलन कार्यका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो ।

शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापन पत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरुको भिड बढी रहेकोले समय थप गर्न माग गरेको हो ।

साथै जनमत पार्टीले पालिका स्तरमा पुगेर पनि फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिएका छन् । स्थानीय स्तरमा प्रचारप्रसार नहुदा धेरै योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम लेखाउने कार्य बारे जानकारीसमेत नभएकोले स्थानीय स्तरमा प्रचार प्रसार गर्न पार्टीले माग गरेको साहले बताए ।

यसैगरी जनमत पार्टीले मधेश प्रदेशलगायतमा पनि अनलाइन प्रणालीबाट मतदाता नामावली संकल गर्न माग गरेको छ । नेता साहले भने,‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिने कुरा हुँदै आएको छ । त्यो पनि गरिनु पर्छ । तर, तत्काल विदेशमा रहेका योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाइनु पर्छ । दूतावास अथवा अनलाइनमार्फत भएपनि विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा समावेश हुनु पर्छ ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि मतदाता नामावली संकलन भइरहेको छ । असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ । तर, निर्वाचन कार्यालयहरुमा अहिले पनि मतदाता नामावलीमा नाम लेखाउनेहरुको निकै भिड देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]