०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नागरिकलाई नागरिकताको प्रमाण–पत्रबाट बञ्चित नगराउने प्रतिबद्धता

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्युजमधेस डेस्क
काठमाडौ, ३१असार।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाण–पत्रबाट बञ्चित नगराउने प्रतिबद्धता जनाएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताएका हुन् ।

उनले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारशिलामा उभिएर नागरिकता सम्बन्धी विधेयक बनाइएको बताए । गृहमन्त्री खाँणले संविधान परिवर्तनीय रहेको भन्दै राजनीतिक दलहरुको सहमतिका आधारमा परिष्कृत गर्दै समयानुकुल बनाउन सकिने बताए ।

उनले भने, ‘नेपाली नागरिकले नै नेपालको नागरिकताको प्रमाणपत्र पाउने हो । कुनैपनि नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् । त्यही नै हाम्रो प्रतिबद्धता हो । त्यसक्रममा नै यो विधेयकलाई अगाडि बढाइएको छ । विधेयकलाई अगाडि बढाउने क्रममा संविधान हाम्रो मुल आधारशीला हो । कुनैपनि मुलुकको संविधान त्यो मुलुकको धर्मग्रन्थ जस्तो अपरिवर्तनीय हुँदैन । हाम्रो संविधान पनि परिवर्तनीय छ । त्यसका आफ्ना प्रक्रियाहरु छन् । पद्धतीहरु छन् ।’

उनले फेरि भने, ‘यदि हाम्रो बीचमा सहमति भयो भने आवश्यक बोध भयो भने, समय आयो भने संविधान पनि परिष्कृत हुँदै जान्छ । हामीले संविधान जारी गरिसकेपछि संविधानका कतिपय प्रावधानहरुलाई हामीले परिष्कृत गरेकै छौँ । संविधानका विभिन्न प्रावधानहरुलाई समयानुकुल बनाउन सकिन्छ । तर त्यो प्रक्रियालाई हामीले पार गर्नुपर्छ । पूरा गर्नुपर्दछ । तर जबसम्म संविधानमा जे प्रावधान छन्, जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारसिलामा उभिएर नै विधेयक ल्याउनुपर्ने हुन्छ । त्यो आधारसिलामा उभिएर नै ऐन बनाउनुपर्ने हुन्छ ।’

उनले थपे, ‘अहिलेको संविधानको भाग २ को नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारसिलामा उभिएरै यो विधेयक बनाइएको हो । त्यसकारणले हामीले विधेयक बनाउँदा संविधानका आधारभुत प्रावधानहरुलाई ध्यानमा राखेर गराउनुपर्दछ । अहिलेको सरकारले यो जस लिन ल्याएको पनि होइन । हामी दोषारोपणबाट र जस–अपजसबाट पनि माथि उठौँ । यो हामी सबैको राष्ट्रिय दायित्व हो । सबै नेपाली नागरिकले नागरिकता प्राप्त गरुन् । यो हामी सबैको साझा संकल्प हो । हामी सबैले यो संकल्प पूरा गर्नका लागि नै अगाडी बढ्नुपर्दछ ।’

त्यस्तै गृहमन्त्री खाँणले सरकारले जस लिनका लागि नागरिकता सम्बन्धी विधेयक नल्याएको स्पष्ट पार्नुभयो । उहाँले दोषारोपण र जस–अपजसबाट माथि उठ्न आग्रह समेत गरे । उनले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गराउनु साझा संकल्प भएको बताए ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]