०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँए, दुई जना गम्भिर घाईते

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, ३२असार।
धनुषामा दुई मोटरसाइकल एक-आपसमा ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको मिथिला नगरपालिका स्थित नक्टाझिझमा तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना पुरुष गम्भिर घाईते भएका हुन्।

आज(शनिबार) बिहान करिब ८ बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२ ००४ प ६७४१ नम्बरको मोटरसाईकलले नक्टाझिझ चोकमा ज ११ प ६०९३ मा सवार बर्ष ६० का महेन्द्र महतोलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

६ लेनको बाटोमा सिँगल लेनतर्फ तीव्र गतिमा आएको पल्सर मोटरसाईकलले महेन्द्र महतोको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उत्तर–दक्षिणतर्फ रहेको सो सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ मोटरसाईकल घुमाउन खोज्दा पल्सरबालाले ठक्कर दिएको थियो ।

ठक्करदिएपछि दुवै जना गम्भिर घाईते बनेका छन् । पल्सर चालकको नाम अझै खुल्न सकेको छैनन् भने दुवै जनालाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुरयाएको प्रहरीले जनाएको छ ।

सिँगल भएको कारण विपरित दिशाबाट कुनै सवारी अवरोधन नै नगर्ने मानसिकताले तीव्र गतिमा सवारी चलाउँदै आएको सो सडकखण्डमा सबभन्दा बढी दुर्घटना नक्टाझिझमै हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]