०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

भारती प्रधानमन्त्री मोदीसँग प्रचण्डको भेट भएन, नेपाल फर्किँदै

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क
काठमाडौ,१श्रावण।

भारत भ्रमणमा रहनुभएकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।

तीन दिने भारत भ्रमणमा रहनुभएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो ।

प्रचण्ड आजै बेलुका नेपाल फर्किँदै हुनुहुन्छ । आजै प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]