न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।
सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु भएको छ भने अन्य महिलाहरु श्रद्धालु गम्भिर घाईते भएकी भएको खवर छ ।
छिमेकी मुलुक भारतको बिहार राज्य तथा नेपालदेखि केही दुरीमा रहेको सिबान जिल्लास्थित एक शिवालयमा भागदौड मच्चिदाँ तिन महिला श्रद्धालुको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
त्यहाँस्थित रहेको बाबा महेन्द्रनाथ शिव मन्दिरमा साउनको पहिलै सोमबारीमा भक्तजन, श्रद्धालुहरुको अत्यधिक भीड लागेर सो घटना भएको बताईएको छ । बिहानैदेखि रहेको भीडमा जल चढाउन श्रद्धालुहरुबीच धक्कामुक्की भएपछि भागदौड मच्चेको जनाईएको छ ।
कोरोनाकालको दुई बर्षपछि खुलेको बाबा महेन्द्रनाथको मन्दिरमा बिहानैदेखि अधिक सँख्यामा रहेको श्रद्धालुहरु शिवलिँगमा जल चढाउनको लागि भीडभाड उम्रेको थियो ।
सिबान जिल्लाको सिसवन प्रखण्डको बाबा महेंन्द्रनाथ धाम प्रसिद्ध मन्दिरमा जलाभिषेकको समयमा भागदौड भएको भारतीय प्रशासनले जनाएको छ । जलाभिषेकलाई लिएर नै धक्कामुक्की भएको बुझिएको छ ।
जानकारी अनुसार, धक्कामुक्कीपछि श्रद्धालुहरुमा भागाभाग भएको थियो । सोही भीडमा भागमभागको क्रममा तिन महिला भुईमा खसेको र उनीहरुलाई उठने मौका समेत नभेटाएपछि कुल्चिएर मृत्यू भएको हो ।
सोही घटनामा अन्य महिलाहरुको अवस्था गम्भिर रहेको छ भने उनीहरुलाई उपचारको लागि नजिकको अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
कोरोनाकालमा श्रद्धालुहरुको लागि मन्दिर बन्द गरिएको थियो । दुईबर्षपछि श्रावणको पहिलो सोमबारमा जलाभिषेकको लागि भक्तजनहरुको भीड भएर दुर्घटना भएको बताइएको छ । कैयौँ जनाले यसलाई स्थानीय प्रशासनको कमजोरीको सँज्ञा दिएको छ ।
सो घटनामा सिवान जिल्लाको हुसैनगँज बस्ने प्रतापपुर गाउँ बस्ने स्थानीय मोताब चौधरीकी ४२ बर्षिय श्रीमति लीलाबती देवी र सोही जिल्लाको पथार गाउँ बस्ने दिलिप बैठाकी ४० बर्षिय श्रीमति सुहागमति देवीको मृत्यू भएको हो । भने अर्को पुष्टि हुन बाकी नै छन्।
घटनामा सहदुल्लेपुर बस्ने जनकदेव भगकी श्रीमति शिव कुमारी देवी र प्रतापपुर बस्ने दिनानाथ यादवकी श्रीमति अँजुरिया देवी यादव गम्भिर घाईते भएकी हुन् ।