०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित, नियुक्ति नगरे कडा आन्दोलन गर्ने चेतावनी

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् ।

प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई आइतबारदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो ।

तर निकालिएका करारका कर्मचारीहरुले भने आपत्ति जनाउँदै अस्पतालमा तालाबन्दी गर्न पुगेका थिए । प्रहरीले अस्पतालको मुलगेटमै आन्दोलित करारका कर्मचारीलाई रोकेपछि उनीहरु नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनमा उत्रेकी रेणु यादवले म्याद थप गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको बताइन् । कर्मचारीलाई कुनै जानकारी र छलफल नै नगरी हटाएको भन्दै प्रतिष्ठानले पुनः नियुक्ति नगरे कडा आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् ।

एक सूचना प्रकाशित गर्दै आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको जनाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]