०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

अचेत अवस्थामा फेला परेका युवाको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३असार।
जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजारबाट धनुषा प्रहरीले उद्धार गरेका एक युवाको मृत्यु भएको छ ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन् । सोमबार नै प्रहरीले उनलाई माछा बजारदेखि बसहिया जाने सडक खण्डमा अचेत अवस्थामा फेला पारेको थियो । अन्दाजी ४५ वर्षका उनी रक्सी खाएर लडेका थिए । अचेत अवस्थामा फेला परेका ती पुरुष केही बोल्न सकेका थिएनन् । यद्यपि प्रादेशिक अस्पतालका चिकित्सकले विभिन्न रोगका कारण मृत्यु भएको प्रहरीलाई बताएका छन् । प्रहरीले उनको परिचय नखुलेको हुनाले चिनेका व्यक्तिलाई सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । प्रहरीका अनुसार उनी मागि खाने जस्तो देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]