०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

मधेशको कृषि मन्त्रालयमा जनमत पार्टीले लगाए ताल्चा

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ श्रावण । मधेश प्रदेशको कृषि मन्त्रालयमा आज जनमत पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

योजनाहरुमा भएको भ्रष्टाचारको छानविन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक, सिचाईको व्यवस्थाको माग गर्दै जनमत पार्टीले कृषि मन्त्रालयमा तालाबन्दी गरेको हो ।

जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार प्रदेश सरकारको कृषि मन्त्रालयमा तालाबन्दी गरिएको हो । आन्दोलनकारीहरुले राखेको माग सम्बोधन नभएसम्म मन्त्रालयमा ताला बन्दी रहने जनमत पार्टीका नेता विपी साहले बताए ।

उनका अनुसार सरकारले जोर जबरजस्ती गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् प्रदेश सरकार नै हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]