न्युजमधेस डेस्क
एजेन्सी,५श्रावण।
युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ।
त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।
‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने ।
युक्रेनले ठूलो पीडा सामना गरेको पनि उनले बताए।