०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,५ साउन।
दुई मोटरसाइकल एक-आपसमा ठोक्किएर  दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका-२ निगौल सडक खण्डमा बुधबार पेट्रोल पम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा अ‍ौरही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशलाका अनुसार सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नं। २-०२-००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नं। २-०२-००१ प ८६७९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा प्रदेश नं। २-०२-००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका-४ रजखोर बस्ने २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई थप उपचारको लागि काठमाडौं रिफर गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
मृतक यादवको शव परिक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]