११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

महोत्तरीमा कोदालोले हानेर काकाको हत्या

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्यूजमधेश डेस्क
महोत्तरी ,६ श्रावण । महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकोमा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]