०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

मधेश प्रदेश : अवैध उत्खनन् गर्ने चालक र सहचालकसहित २ सवारी नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

सुनिता बराल
महोत्तरी ,६ श्रावण । महोत्तरीको रातु नदीमा मध्यरातमा अवैध उत्खनन् गर्ने दुई वटा सवारीसहित दुई चालक र एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन ५ गते राति १२ बजे खोला उत्खननमा प्रयोग गरिएको ८ ख ४७३७ नम्बरको टिपर र अन टेस्ट लोडरसहित दुई चालक र एक जना सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मध्यरातमा खोला खनिरहेको सूचना पाएपछि बर्दिवास ८ मा रहेका प्रहरी चौकी हात्तिलेटबाट गएको प्रहरी टोलीले साधनसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सवारीसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]