०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पिकअप भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यू, पहिचान खुलेन

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

न्युजमधेस डेस्क
सिरहा,८ साउन।
सिरहा जिल्लास्थित पूर्व पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यू भएको छ ।

शनिबार दिउँसो करिब ३ः४० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ स्थित पिकअप भ्यानले ठक्कर दिँदा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादैँ गरेको प्रदेश २–०१–००१ च ०३२७ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि गम्भिर घाईते भएकी नाम, ठेगान नखुलेकी ती बालिकालाई तत्कालै कर्जन्हास्थित रहेको फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको लागि प्रहरीले पठाएको थियो ।

सो अस्पतालमा उपचारकै क्रममा उनको अपरान्ह ४ः०५ बजे मृत्यू भएको पुष्टि चिकित्सकले गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि बहादुरी ओलीले जानकारी दिए ।

ओली कमाण्डको प्रहरी टोली खटी गई लाशजाँच प्रकृती मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरि लाश पोष्टमार्टमको लागि रामकुमार उमाशँक स्मारक अस्पताल लहान सिरहामा पठाएको जनाएको छ ।

लाश शव गृहमा ‍सुरक्षित राखिएको हुँदा मृतक लाश सनाखत गराउनु पर्ने भएकोले ईलाका प्रहरी कार्यालय मिर्चैया आसपासको कार्यालयको एरियाहरुमा बालिकाको हुलिया अनुसार लास पहिचानको लागि सूचना जारी समेत गरेको छ ।

उल्लेखित हुलिया भएको बालिकाको लिखित तथा मौखिक कुनै जानकारी प्राप्त भएको भए सम्बन्धित ईलाका प्रहरी कार्यालय मिर्चैयाको सम्पर्क नम्बर ९८५२८९००४२ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

सेते कुर्ता,निलो आकाशे रंगको सुरुवाल लगाइकी मृतकको उचाई अन्दाजी ५ फिट रहेको प्रहरीले जारी गरेको हुलियामा उल्लेख छ । नामथर वतन नखुलेकी हेर्दा अन्दाजी १३–१४ बर्षकी बालिकाको पहिचान गरी अभिभावकलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]