०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

तराईमा बढदो गर्मी र वर्षायाम छल्न मधेश प्रदेश सरकारको टोली यूरोप भ्रमणमा जादै

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,८ साउन।
मधेश प्रदेश सरकारको टोली यूरोपको भ्रमणमा जान लागेको छ ।तराईमा बढदो गर्मी र वर्षायाम छल्न मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा झण्डै डेढ दर्जनको सहभागिता रहेको टोली भदौ ६ गते सोमवार त्यस तर्फ प्रस्थान गर्ने छन् ।

भ्रमण टोलीमा मुख्यमन्त्री राउत, मधेश प्रदेश सभामुख सरोजकुमार राय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन यादव, गृह तथा सञ्चार मन्त्री भरत साह रहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)संसदीय दलका नेता जितेन्द्र सोनलले सभासद रानी शर्मा र एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले शारदा थापालाई पठाउने भएका छन् । प्रदेश सभाबाट शर्मा र थापाको कोटा मिलाइएको छ । प्रदेश सभाका सचिव रञ्जित यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थमन्त्री शैलेन्द्र साह, प्रमुख सचिव लगायत झण्डै डेढ दर्जनको संख्या रहने स्रोतले जनाएको छ ।तर मधेश सरकार निकट स्रोतले एक दर्जनको मात्र सहभागिता हुने दाबी गरेको छ । मुख्यमन्त्री सहित मन्त्री र सभासदहरुको टोली भ्रमणका लागि काठमाण्डुमा रातो पासपोर्ट(रेड पासपोर्ट)का लागि आइतबार परराष्ट्र मन्त्रालय जाने बताइएको छ ।उनीहरुले स्विटजरलेण्ड सहित यूरोपका देशहरु भ्रमणका लागि भिसाको आवेदन समेत दिने छन् ।

स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि जाने भनिए पनि सो भ्रमण टोली कार्यकालको अन्तिम समयमा विदेश भ्रमण गर्ने शौख पुरा गर्न लागेको बताइएको छ । मधेश प्रदेश अनियमितता र भ्रष्टाचारका लागि नेपालको सबै प्रदेश मध्ये अग्रस्थानमा रहेको छ ।संघीयताको अभ्यास गरिरहेको मधेश प्रदेशमा भ्रष्टाचारलाई संस्थागत गर्ने गरेको छ । यूरोपमा भ्रष्टाचारको आक्षेप मात्रै लागे तत्काल राजीनामा दिने चलन नै छ ।तर मधेश प्रदेशमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको छानबिन प्रारम्भ भइसकेपनि निर्लज्जतापूर्वक सत्तामा टाँसिरहने मानसिकता छ । स्रोतका अनुसार भ्रमणका लागि कुनै संघसंस्था अथवा यूरोपका कुनै देशले आमन्त्रण गरेको छैन् । स्विटजरलेण्डको ‘युनिभर्सिटी अफ फेडरालिज्म’ बाट आमन्त्रण मगाइएको स्रोतले जनाए । मागिएको निम्तोमा जाने टोलीको सम्पूर्ण खर्च मधेश प्रदेश सरकारले नै ब्यहोर्नु पर्ने छ । मंसिर महिनाको प्रारम्भमा चुनाव घोषणा हुने बलियो संभावना रहेको छ ।आगामी चुनावमा मुख्यमन्त्री राउतकै जितमा आशंका गरिदैछ । सरकारमा रहेका अधिकांश मन्त्रीको जनाधार खस्केको बताइन्छ । प्रदेश सरकारको बजेटले अमेरिका भ्रमण गरिसकेका राउत अन्तिम पटक यूरोपको भ्रमणमा जान लागेका छन् ।प्रदेशको सर्वदलीय टोली बनाएर जाँदा मनपरी ढंगले प्रदेश सरकारको ढुकुटीबाट रकम झिक्दा विरोध हुने छैन् । यूरोप जाने अहिले टुंगो नलागेको मुख्यमन्त्री राउतले दाबी गरे ।रातो पासपोर्टका लागि समस्या नभएको जनाउँदै उनले भने, भ्रमणमा जान प्रदेश सरकारले नै निर्णय गरेर हुन्छ ।विदेश भ्रमणका लागि सरकारले दैनिक भ्रमण भत्ता लगायतका अन्य सुविधाहरु निर्धारण गरे अनुसार नै रकम खर्चिने राउतले बताए ।

मुख्यमन्त्री राउतले भ्रमणका लागि प्रदेश सरकारबाट निर्णय गरिसकेका छन् । ‘विदेश भ्रमण हाम्रो प्राथमिकता होइन्’ उनले भने, काठमाण्डु आएको टोली प्रदेश सरकार र प्रदेश सभाका लागि जग्गा प्राप्ति र बजेटको माग गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटने छन् ।प्रदेश सरकारको आग्रहमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भ्रमणका लागि सिफारिस गरे मात्र अगाडिको पक्रिया बढने छ ।त्यसका लागि मुख्यमन्त्री राउत सहितको टोलीले सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुलाई भेटेर वातावरण बनाइदिन आग्रह गरेको छ । विदेश भ्रमणका लागि मुख्यमन्त्री राउतले संघीय सरकारबाट स्वीकृति लिनु पर्ने हुन्छ ।अन्यहरुको हकमा प्रदेश सरकारले नै निर्णय गर्ने छ ।सरकारले भ्रमणका लागि बजेट विनियोजन नगरे पनि परेकै बेला निर्णय गर्ने चलन रहेको एकजना उच्च अधिकारीले जनाए । चुनावको मुखमा भ्रमणको विषयमा विवाद हुन नदिन सभामुख समेत सबै पार्टीबाट संसदीय दलका नेतालाई समेट्ने प्रयास गरिएको छ ।लोसपा र एमालेबाट महिला सभासदलाई भ्रमण टोलीमा समावेश गरिए पनि अन्य दलहरुले महिलालाई समेट्न चाहेको छैन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]