०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेस प्रदेशको राजधानी `जनकपुरधाम´बाट दिनदहाडै २ लाख बाटोमै लुटिए

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,९ साउन।
धनुषा जिल्लाकाे जनकपुरधाममा बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ बिच बाटोमै लुटिएको छ ।

अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी शर्मिला यादवको साथबाट रकम लुटेको हो ।

वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।झोलामा २ लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको उनले बताएकी छन् ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।

लुटेराहरुको तीब्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]