०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

अझैसम्म लुटेराको पहिचान हुन सकेनन्

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,११ साउन।
जनकपुरधामबाट दिउसै दुई लाख रुपैयाँ लुटेर भागेका लुटेराको पहिचान हुन सकेको छैन् ।

सोमबार मिल्स एरियास्थित एभेरेष्ट बैंकबाट पैसा झिकेर घर जाँदै गरेकी शर्मिला यादवको दुई लाख रुपैयाँ मोनाष्टिक स्कुलनजिक मोटरसाइकलमा आएका दुई जनाले लुटेर भागेका थिए । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुरल क्षेत्रीले बैंकको सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति देखिएको बताए । यद्यपि उनको पहिचान हुन सकेका छैन् । ‘उनीहरु मास्क लगाएको फुटेजमा देखिएको छ । ती महिलामाथि उनीहरु पटक पटक निगरानी गरिरहेको र कुनै कामले बैंकमा गएको देखिन्छ,’उनले भने,‘लुट्ने बेला पनि मास्क र दुबै जनाले हेलमेट लगाएको कारण खोजी गर्न केही कठिनाई भइरहेको छ ।’ प्रहरीले अर्को माध्यमबाट लुटेराको खोजी सुरु गरेको उनले जानकारी दिए । शर्मिलाका श्रीमान् देवशरण यादव साउदीमा छन् । उनले नै पठाएको रकम बैंकबाट झिकेर घर जाँदै गर्दा बाटोमा शर्मिलाको हातबाट रातो मोटरसाइकलमा आएका व्यक्तिहरुले लुटेर भागेको प्रहरीले जनाएको छ । उनका अनुसार झोलामा २ लाख नगद, नागरिकता, बैंक सम्बन्धी कागजात र बाटो खर्चको लागि राखेको थप पाँच सय रुपैयाँ थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]