११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

विपद व्यवस्थापन सम्बन्धि २ दिने तालिम कमलामा सम्पन्न

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ श्रावण ।धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ।

भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा कमला नगरपालिकाको कार्यलय माची झिटकहियास्थित जनस्वास्थ्य कार्यलयमा बुधबार सुरु भएको कार्यक्रम बिहिवार बेलुका सकिएको छ।

तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने ? भन्ने बारेमा तालिम प्रदान गरिएको मुख्य प्रशिक्षक सितेश यादवले बताउनुभयो।

उक्त तालिममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव,उपप्रमुख शिला देवी मण्डल ,वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,सुरक्षाकर्मी ,समाजसेवी अभियन्तालगाइतका सहभागितामा यो तालीम प्रदान गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]