०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

अर्थमन्त्री शर्माले लिए शपथ

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ श्रावण। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छन् ।

आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।

करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मालाई संसदीय छानविन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा फर्काउने इच्छा देखााएपछि शर्मा अर्थमन्त्रीको रुपमा फर्किएका हुन् ।

संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। शर्मालाई अर्थमन्त्री बनाउने देउवाले चाहना राखेपछि उनले मन्त्री क्वार्टडसमेत छोडेका थिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]