०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुरधाममा झुलन महोत्सव सुरु

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१६ साउन।
जनकपुरधाममा आइतबारदेखि झुलन महोत्सव सुरु भएको छ ।

१३ दिनसम्म चल्ने महोत्सव जानकी मन्दिर सहित अधिकांश मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा राखेर झुलाउने गरिन्छ । उत्सव मनाउन जानकी मन्दिर लगायत अधिकांश मन्दिरलाई विशेष रुपले सजाइएको छ । प्रत्येक वर्ष साउन महिनामा जनकपुरमा यो उत्सव हुने गरेको छ । जनकपुरधामलाई मन्दिर र पोखरीको सहर भनिन्छ । यहाँ ५२ कुटी र ७२ कुण्ड पौराणिक इतिहास बोकेको छ । झुलनोत्सवको प्रारम्भ पहिलोचोटी भगवान राम जानकीले त्रेता युगमा सुरु गरेका विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । जनकपुरधामको हरेक मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा केही घण्टाका लागि बसाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भारले अयोध्यामा पहाडनै बनेको थियो । सीताको सामु पहाडको महत्व नरहेको भन्दै सो समान लिन राजा दशरथले अस्वीकार गरेका थिए । जसलाई नगरको बाहिर राखेको थियो । दशरथको व्यवहारले जनक दुःखी नहुन् भनेर मणि पर्वतमा राम सीताले उत्सव गरेका थिए । त्यसैको सम्झनामा मिथिला र अयोध्यामा यो उत्सव हुने गरेको जानकारहरु बताउँछन् ।

झुलनोत्सवका लागि जानकी मन्दिरसहित जनकपुरको अधिकांश मन्दिरमा विशेष झुला प्रत्येक वर्ष बनाउने परम्परा रहेको छ । झुलाउने क्रममा विभिन्न भजनकीर्तन गरिन्छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता मूर्ति राखी झुलाउने परम्परा रहेको छ । मिथिला क्षेत्रमा कृषि रोपाइ सकिने वित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठ मन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने भजन कीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन रहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]