११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

पुस्ता फेरिए तर सर्लाहीको हुलाकी सडक फेरिएन

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

रितिक अधिकारी
सर्लाही,१६ श्रावण । राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको सर्लाही खण्डले गणतन्त्र आइपुग्दासम्म काँचुली फेर्न सकेको छैन । वर्षौंदेखि जीर्ण सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न विबश छन ।

राणाकालीन समयमा चिठीपत्र पुर्याउने ‘हुलाकी’ कुद्ने भनेर बनाइएको बाटो भएकाले पूर्वदेखि पश्चिम जोडिने सडकको नाम ‘हुलाकी सडक’ रहन गएको हो । तत्कालीन राजा महेन्द्रले हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेसको बस्तीभन्दा २०–३० किलोमिटर उत्तर चुरेछेउमा जंगल फँडानी गरेर पूर्व–पश्चिम राजमार्ग निर्माण अघि बढाएपछि हुलाकी सडक ओझेलमा परेको हो । त्यसयता पनि मधेसको जीवनस्तर बदलिन महत्त्वपूर्ण हुने मानिएको उक्त सडक सरकारी प्राथमिकतामा पर्न सकेको छैन ।

हुलाकी सडक स्थापना पश्चात् चारवटा शासन व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्र आइपुग्दासम्म पनि सडक नबन्नु मधेसका लागि दुर्भाग्यपूर्ण अवस्था रहेको छ ।

पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दूङ्ग एन्ड ठोकर हीरा एन्ड नमीता जेभी ÷ हिन्दूङ्ग एन्ड ठोकर शाहा निर्माण सेवा र दिबा निर्माण सेवा लाई २०७३ सालमा ३ वटा प्याकेजमा ठेक्का लागाईयको थियो । कुल ४०.३७० किमि खण्ड कालोपत्र गर्न ६४ करोड रुपैयाँमा हूलाकी सडकले ठेक्का लागेको हो । हालसम्म निर्माण कम्पनीले ३२ करोड रुपैयाँभन्दा बढी रकम बुझिसके पनि सडकको अवस्था उस्तै जीर्ण छ । मलङ्गवा नगरपालिका–१० का रामेश्वर महतोले सडकको दुरवस्थाका कारण यस भेगका नागरिकले सधैं सास्ती व्यहोर्नुपरिरहेको गुनासो गरे ।

‘हामीहरूका लागि हुलाकी सडक नै मुख्य सडक हो, जहाँ गए पनि हुलाकी सडक भएरै जानुपर्छ तर सडक एकदम जीर्ण छ,’ उनले भने, ‘बाल्यकालदेखि देख्दै आएको सडकको अवस्था जस्ताको त्यस्तै छ, हिउँदमा धुलोको मार खेप्दै आएका हामी वर्षा लागेपछि बाटो हिँड्न बाध्य छौं ।’

तराई र मधेस क्षेत्रको ‘लाइफलाइन’ मानिए पनि हुलाकी मार्गमा प्रत्येक वर्ष बाढीका कारण कटान हुने समस्या पनि छ । यो सडकले जिल्लामा सदरमुकाम मलंगवासहित भारतीय सीमा नजिकका ५० ग्रामीण बस्तीलाई समेट्छ । तर, ठूलो बाढी आए यी बस्तीसँग मलंगवाको सम्पर्क टुट्छ । यस क्षेत्रमा पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने नफेरिएको महतोले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]