०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सप्तकोसीमा पानीको बहाव उच्च, बाढी बस्तीतर्फ लगेपछि बस्तीमा खतरा

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१७ श्रावण।
उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पाइन्टबाट सप्तकोसीको बाढी बस्तीतर्फ पस्न लागेको छ । निरन्तरको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले कटान गर्दै लगेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो ।

२०४५ सालमा कटान गरेकै स्थानबाट कोसीले कटान गर्न थालेपछि थप जोखिम बढेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले कोसी अनलाइनसँग भने, ‘कटान रोक्न हरेक प्रयास गरेपनि कटान रोकिएको छैन । अब तीन मिटर कटान हुन बाँकी छ । तीन मिटर कटान भएमा बाढी बस्तीमा पस्छ । कटान रोक्न अहिलेपनि प्रयास गरिरहेका छौँ ।’

५ वटा जेसिभी, २ वटा एस्काभेटर र ५० वटा ट्याक्टरले अहिले कटान भइरहेको स्थानमा काम गरिरहेको उनले बताए । प्रभावित हुने बस्तीलाई सुरक्षित ठाउँमा सार्नका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘स्थानियलाई पनि पूर्वतयारीमा रहन भनेका छौँ । हामीले सबैतिर सुचना पनि गरिसकेका छौँ । टेन्टदेखि लिएर खाद्यान्नको विषयमा पनि कुरा गरिसकेका छौँ । अहिले पनि बाढी पस्न नदिन काम गरिरहेका छौँ ।’ यता उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले कोसीले उक्त स्थानमा धेरै कटान गरिसकेको बताए ।

उनले कोसी अनलाइनसँग भने, ‘कटान केही अगाडीबाट नै गर्दै आएको थियो । अहिले पानीको बहाव पनि बढेका कारणले जोखिम बढेको छ ।’ रोकथामका लागि स्थानिय निकाय, सुरक्षा निकाय सबै लागिपर्नु भएको छ, उनले भने, ‘पानीको बहाव बढेको हुनाले समस्या भएको छ । जोखिमलाई मध्यनजर गरेर सचेत हुन सबैलाई आग्रह गरेका छौँ ।’ नदी पुरानो धारमा फर्किने सम्भावना देखिएको उनले बताए ।

बाँकी तीन मिटर क्षेत्र कटान भएमा बाढीबाट सुनसरीको सिसौलीघाट, उदयपुरको धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगर लगायतका स्थानीय प्रभावित हुनेछन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]