०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कार्यालयमै अधिकृत साह, श्रीमती संगै नांचगान गर्दै टिकटकमा मस्त

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

न्युजमधेस डेस्क

रौतहट,१८ साउन।

रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ।

केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्।

नगरपालिकाको प्रतिष्ठा र आफ्नो मर्यादालाई खिल्ली उडाउँदै नि. प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो बाहिर आएको छ।

साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको बुझिन्छ।

केही दिन अगाडि उनको श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो उनको श्रीमतीकी प्रोफाइलबाट डिलिट गरिएको हो ।

व्यक्तिगत जीवनमा रमाइलो गर्नु राम्रो हो तर जिम्मेवारी बहन गरिरहेको समय र सरकारी कार्य कक्षमा आफ्नै श्रीमतीसँग रमाए पनि खेद जनक रहेको भन्दै समाजिक सँजालमा आलोचना गरिएको छ ।

पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् ।

केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]