०७ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

गैर आवासीय नागरिकको समस्याको समाधान बारे गहन छलफल

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

राकेश मैथिल , कतार। जनमत पार्टीका अध्यक्ष डा सीके राउत र नेपाली दूतावास कतारको कार्यवाहक राजदूत गैर आवासीय नागरिकका समस्याको समाधान बारे गहन छलफल भएको छ।

कतारमा रहेका नेपाली व्यावसायि तथा नेपाली कामदारहरुलाई भोग्नुपरेका समस्याहरुलाई कसरी समाधान गर्ने विषयमा गहन छ्लफल भएको छ।

छलफल कार्यक्रममा गैर आवासीय मधेशी संघ कतारका अध्यक्ष ई.शम्भु नारायण साह,वरिष्ठ उपाध्यक्ष शिव कुमार पाल,उपाध्यक्ष जगतलाल मण्डललगाइतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी डा राउतले दुई देश बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक र प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा समेत छलफल गरेको गैर आवासीय मधेशी संघले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]

सिरहा : सिरहाको औरही गाउँपालिका भवन अगाडि धर्ना बसेको छ। भूपू विद्यार्थी मञ्चलाई गरेको दुर्ववहार र कार्वाही गर्न औरही गाउँपालिकाले गरेको आनाकानी विरुद्ध धर्ना बसेको हो। गत कार्तिक २९ गते सुन्दर जनता मावि औरहीमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको गुरु सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले गरेको दुर्ववहार सम्बन्धमा कार्वाहीको माग […]

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]