०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेस प्रदेश: `बेटि´को नाममा `साइकल´ भजाएर खाए प्रदेश सचिवसहित ६ जनाले करोडौं रुपैयाँ

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, १९ साउन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छात्राका लागि वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको ठहरसहित तत्कालीन प्रदेश सचिव यामप्रदास भुसालसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार सो कार्यक्रम अन्तर्गत वितरण गर्न ल्याइएका साइकल तोकिएको ब्राण्डका नभई ब्राण्ड नै नखुलेका कमसल तथा गुणस्तरहीन पाइएको हो । सार्वजनिक खरिद ऐनको नियमावली तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिका विपरीत ल्याइएका साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेको आरोपमा तत्कालीन सचिव भुसालविरुद्ध अख्तियारले १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बमोजिम जरिवाना र बिगो असुलको मागदाबीसहित आरोपपत्र दायर गरेको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन सीडीई भगवान झाविरुद्ध पनि अख्तियारले १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी कैद, बिगो बमोजिम जरिवाना र बिगो असुलको मागदाबी गरेको छ । उनले ब्राण्ड नखुलेका साइकललाई समेत परीक्षण प्रतिवेदनबिना नै ठिक छ भनेर भुक्तानीका लागि सिफारिस गरेको अख्तियारको ठहर छ ।

सम्झौताभन्दा फरक हुने गरी ब्राण्ड नखुलेका साइकल आपूर्ति हुँदासमेत भुक्तानी कार्यमा संलग्न रहेको भन्दै सहलेखापाल राजाराम मण्डलविरुद्ध पनि अख्तियारले १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी कैद सजाय, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ ।

यस्तै, भण्डार/जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहन कुमार दास, ओम सत्य साई प्रालि वीरगञ्जको म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालविरुद्ध पनि अख्तियारले आरोपपत्र दायर गरेको छ । अग्रवालले तोकिएको ब्राण्डको साइकल आपूर्ति गर्नुपर्नेमा ब्राण्ड नखुलेको साइकल आपूर्ति गरी आफूलाई गैरकानुनी लाभ पु¥याउने बदनियतले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समक्ष गरेको सम्झौता, ठेक्का शर्त पालना नगरेको अख्तियारको ठहर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]