०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

धनुषामा एक पालिकाको काम साताको दुई दिनमात्र, तपाईंको पालो कुन दिन?

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ ।

कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका सेवाग्राहीलाई साताको दुई दिनमात्र सेवा दिने सूचनामा उल्लेख गरिएको छ ।

प्रत्येक सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना गरी सेवा लिन अनुरोध गरिएको छ । कार्यालयमा प्रवेश गर्दा समाजिक दूरी र मास्क अनिवार्य गरिएको छ । शहीदनगर नगरपालिका,गणेशमान चारनाथ, मिथिला विहारी, लक्ष्मीनियाँ गाउँपालिका र धनौजी गाउँपालिकालाई आइतबार र सोमबार सेवा दिने सूचनामा जनाइएको छ ।

यस्तै, मिथिला नगरपालिका, सबैला, हंसपुर, धनुषाधाम कमला र जनकनन्दनी गाउँपालिकाका सेवाग्राहीले मंगलबार र बुधबार सेवा पाउने छन् ।

यस्तै मुखियापट्टी मुसरनिया गाउँपालिका, औरही, क्षीरेश्वरनाथ नगरपालिका, विदेश नगरपालिका, बटेश्वर गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका सेवाग्राहीले बिहीबार र शुक्रबार सेवा पाउने सूचनामार्फत जनाइएको छ । अर्को व्यवस्था नभएसम्म यसरी नै सेवा प्रवाह हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]