०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सबैलामा विद्यालयको समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

न्युजमधेस, डेस्क
धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ ।

सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ ।

एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै छिमेकी ५० बर्षिय बिन्देश्वर सहनी, उनका छोरा श्रवण सहनी, सरोज सहनी र सोलिन्दर सहनी लगायतले ईन्द्रजीतलाई निर्घात कुटपिट गरेको हो ।

नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने बिन्देश्वरका परिवारले पार्टीगत हिसाबले ईन्द्रजीतमाथि आक्रमण गरेको बताईएको छ । ३२ बर्षिय ईन्द्रजीत सहनी विद्यालय व्यवस्थापन समिति चुनावी प्रक्रियामा गएपछि घर फर्किदै गर्दा उनलाई स्थानीय पुरुषोत्तम र रजिन्द्रको घरको बीचमा घेरा हालेर कुटपिट गरेको आरोप लगाइएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा इन्द्रजीतका भाई भनिने ईन्दल सहनी र बिन्देश्वर सहनीका छोरा सुलिन्दर सहनीसँग समान्य धक्कामुक्की भएको थियो ।

त्यतिबेला प्रहरीले दुवै जनालाई सम्झाई बुझाई गरी घर पठाएको थियो । अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि उनी घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेको आरोप लगाएका छन् ।

कुटपिटपछि घाईते भएका ईन्द्रजीत जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचाररत रहेका छन् । उनको उपचार अस्पतालमा जारी रहेको छ ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाले आरोपित श्रवण सहनीलाई पक्राउ गरी केही बेरमा छाडिदिएका छन् । पीडित पक्ष अस्पतालमा उपचाररत रहँदा नै प्रहरीले राजनीतिक दबाबमा श्रवणलाई छाडिदिएको आरोप लगाएका छन् ।(न्युज ब्युरो बाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]