०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

धनुषामा बलात्कार पछि हत्या प्रयास गरेको आरोपमा दुई जना पक्राउ, एक फरार 

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९

न्युजमधेस डेस्क
धनुषा(सबैला)। धनुषाको सबैलामा    गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनाला प्रहरीले समात्न सफल भएका छन।

पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको छ।
बलात्कार प्रकरणमा सवैला नगरपालिका ९ का अन्दाजी बर्ष ३२ को नुर मोहम्मद, ९ कै बर्ष३१ को मोलहा भनिने रामनारायण साह तथा सवैला नगरपालिका १० सिमराढिका बिजय मुखिया रहेका अन्दाजी बर्ष २३ कि पिडित महिला बबिता शर्मा (परिवर्तित नाम)ले बयान दिइन।

जिल्लाको सवैला नगरपालिका ९ कुशमाहा सतोषरको सतोषर पोखरीको पश्चिमी डिलमा आइतबार राती तीन जनाले पटकपटक बलात्कार गरेको तथा बलात्कार पछि ढुंगाले गालामाथी ज्यान मार्ने उद्देश्यले नै प्रहार गरि बेहोस भएपछी तिनै भागेको इलाका प्रहरी सवैलालाई पिडित महिलाले बताएका छन।

यसरी भएको थियो घटना:

गत आइतबार नुर मोहम्मद,रामनारायण साह र बिजय मुखियाले पिडित महिलालाइ नपाकै वडा नं १२ रघुनाथपुर बाट निजको श्रीमानले भारतबाट केही सामान पठाएको भनी सामान दिन भनी बहानामा जिल्लाकै शहिदनगर नगरपालिकाको यदुकुहाको एक होटेलमा खाना खुवाइ अबेर सांझ अन्ध्यारोपछी राम नारायन साहले आफ्नै सानो छाप्रो रहेको सतोषर पोखरीको पश्चिम डिलमा राखेको थियो।

पछि तिनै साथिले सुनसान रहेको उक्त ठाउमा बारम्बार आलोपालो गरि करणी गरेका थिए,पछि ती महिलाले प्रहरीमा जाने धाकधम्की दिदा ढुंगा प्रहार गरि बेहोस भएपछी मरिसकेको ठानी त्यहाबाट फरार भएका थिए।

घटनापछी इलाका प्रहरी सवैलाले जानकारी पाउनासाथ ती महिलालाइ शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल पठाएको थियो।

अहिले ती पिडित महिला जनकपुरकै सुरक्षित आवासमा राखिएकी छिन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]