११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

६३ स्थानीय तहले बजेट विवरण पेश गरेनन्

Logo
प्रकाशित शुक्रबार, साउन २७, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज,२७ श्रावण । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३९ स्थानीय तह छन् । मधेश प्रदेशमा कूल १३६ वटा पालिका छन् ।

मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगराएका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार, लम्बिनीमा दश, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् ।

गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन् । उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

नियमत स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा ९६० मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी चालु आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहको सभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको विवरण अनिवार्यरूपमा उक्त मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिकालाई पत्राचार गरिसकिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]