०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

न्यूजमधेश डेस्क
पर्सा,२८ श्रावण । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ बस्ते दिनेश प्रसाद यादवलाइ श्रीमतीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

उनले शुक्रबार बिहान ४ बजे वीरगन्जको इतियाही बस्ने २३ वर्षीया प्रतिमा कुमारी यादव सुतिरहेकी अवस्थामा घाटी दबाइ हत्या गरेका थिए । प्रतिमाको श्रीमान दिनेशले नै हत्या गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट घटेको टोलीले घरबाट उनलाई पक्राउ गरेका हुन।

श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले मुचुल्का गरी प्रतिमाको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]