न्यूजमधेश डेस्क
विराटनगर,२९ श्रावण । प्रितम मुखिया नेतृत्वको पिछडा वर्ग निसाद दलित जनजाति पार्टीले जनमत पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागि हुने भएकाे छ ।
आइतबार विराटनगरमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र दलित जनजाति पार्टीका अध्यक्ष मुखियाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सहकार्य गर्दै दुबै पार्टीले जनमत पार्टीको चुनाव चिन्ह लाउडस्पिक (हर्न)छापबाट चुनाव लड्ने सहमति भएको हो ।