०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनकपुरमा दलित महिला संघ (फेडो)को संवाद कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ भाद्र । जनकपुरमा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा राखिएको संवाद कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधामस्थित जिल्ला समन्वय समिती धनुषाको सभा हलमा दलित महिला संघ धनुषा अध्यक्ष पल्टी देवि महराको अध्यक्षतामा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा संवाद कार्यक्रम सप्पन्न भएका हुन।

उक्त कार्यक्रममा सहभागी सुनिताले भनिन् , ‘दलितको अधिकार अब मागेर होइनन् ,छिनेर लिनुपर्छ ।दलित समुदायलाई माटोको भाडोको रुपमा राजनीति दलहरुले मात्रै प्रयोग गरिरहेकी छिन् ।अब प्रयोग हुनुहुदैन ।दलित समुदायलाई एक भएर आफ्नो हक अधिकार को लागि संघर्ष गर्न जरुरी रहेकी बताइन् ।’

त्यसैगरी दलित संघर्ष समितीका अभियन्ता रामेश्वर महराले जय भिमको अभिवादन गर्दै उनले अहिलेसम्म कुनै पनि राजनीति पार्टीले दलित समुदायलाई लिडर बनाएको होइनन् ,डिलर बनाएको छ।दलित समुदायलाई बेच्ने काम गरेको छ।संविधानमा दलितको लागि लेखिएको अधिकार मात्रै लागु गराउनको लागी विभिन्न राजनीतिक दलमा लागेका दलित राजनीतिकर्मीहरुलाई आ-आफ्नो पार्टीमा आवाज उठाउन अभियन्ता महराले आग्रह गरेका हुन।

कार्यक्रममा सहभागी एक जना वक्ताले भने संघियताको बखान गर्ने मधेश प्रदेशमा समावेशीता त देखिएनन् ।उनले भने , सप्तरी ,सिरहा र धनुषा यो वटै जिल्लाको संख्या जोडियो भने १५ प्रतिशत भन्दा बढी दलितको जनसंख्या रहेको छ।तर दुर्भाग्य छ दलित समुदायको जुन राजनीतिक दलमा गरेको छ।त्यो राजनितिक दलले कति वटा दलितलाई मेयर ,उपमेयर ,अध्यक्ष ,उपाध्यक्ष र वडाधयक्षको टिकट दिएको छ।त्योपनि जान्न जरुरी छ।उनले भन्नुभयो, ‘दलित कहिलेसम्म राजनीतिक दलहरुको भोट बैंकको रुपमा रहने ।दलित समुदायलाई संघर्ष गर्न जरुरी रहेको बताए।दलित समुदायलाई अधिकार लिनको लागि शिक्षित हुनु आवश्यक रहेको छ।त्यसपछी दलितमा पर्ने सबै समुदायलाई संगठित भएर संघर्ष तर्फ अगाडि बढ्नुपर्ने उनले बताए।

सो संवाद कार्यक्रममा दलित अधिकारकर्मी ,दलित समुदायमा निर्वाचित भएका महिला सदस्य ,दलित समुदायका नेताहरु,सरोकारवाला निकायका प्रतिनिधिहरुले दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा गहिरो संवाद गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]