म्याग्दी । म्याग्दीको एक जना जनप्रतिनिधिलाई कालोमोसो दलेका छ्न। बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेपछि चप्पलको मला लगाएको छ ।
नेत्रविक्रम चन्द्र विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा वडा अध्यक्ष ल थापालाई कालोमोसो र चप्पलको मला लगाएको हो ।
भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबाद कृपयाबाद गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ ।पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले बताएका छन।