
न्यूजमधेश डेस्क
जनकपुरधाम,४ भाद्र।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टीका १५० जना नेता/कार्यकर्ताहरु प्रवेश गरेका छ्न।
शुक्रबारमा जनमत पार्टी सर्हालीको आयोजनामा राखिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता दिलिप कर्ण र जसपाका नेता रामविश्वास रायसहित विभिन्न पार्टी परित्याग गरि १५० जना जनमतमा प्रवेश गरेका हुन।

जसपाका नेता रामविश्वास राय जनमतमा प्रवेश गरिएको छ।तस्वीर : न्यूजमधेश
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला अबिर लगाएर पार्टीमा स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य संजय सिंहले जानकारी गराए।
सो कार्यक्रममाका पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थिए।