०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

मधेश प्रदेश : लागू औषधसहित २ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ भाद्र।मधेश प्रदेशका बारामा अबैध लागू औषधसहित २ जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार कलैया उपमहानगरपालिका-२० गण्डक नहरस्थित बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु नियन्त्रणमा लिएका हुन।

भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना कोरैया – १ का ३२ वर्षीय चन्दन मिश्रा र २५ वर्षीय धर्मजित कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमामा लिएको हो ।

प्रहरी चौकी बसतपुर बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत तर्फबाट मोटरसाइकलमा आएका उनीहरुलाई पिठ्युमा बोक्ने झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अवैध लागू औषध डाइजेपाम ६०० पिस, फेनारगन ६०० पिस र नुर्फिन ६०० पिस तथा नाइट्राभेट १ लेखिएको ट्याबलेट ३०० पिस सहित फेला पारेको हो ।

अवैध लागू औषध, भारतीय बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजेश थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]