०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

नेता गिरीको पैतृक घर जीर्ण,आश्रम सुनसान

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

न्यूजमधेश डेस्क
लहान ,५ भाद्र। दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरीको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् ।

समाजवादी चिन्तक स्व गिरीको पुख्र्यौली घर पुग्दाँ ढोका बन्द थियो । उहाँको पैतृक घर जीर्ण अवस्थामा थियो । उक्त पक्की घर गिरिका बुवा स्व मित्रलाल गिरीले बनाएका हुन् । घरको माथिल्लो भागमा बिरुवासमेत उम्रिएका छन् । सबै आफन्त राजधानी काठमाडौँ र विराटनगरमा बस्न थालेपछि पैतृक घर जीर्ण बनेको गाउँलेले बताए ।

“दाजुभाईहरु धेरै पहिलादेखि नै बाहिरै बस्न थाल्नुभएको छ”, स्थानीय चेतबहादुर भुजेलले भने, “घरको स्याहार गर्ने कोही हुनुहुन्न, उहाँका आफन्तहरुले पनि धेरै पहिला नै गाउँ छोडिसक्नुभएको छ ।” पुख्र्र्यौली घरमा स्व गिरीकी बहिनी डा मन्जुला गिरी कहिले काँही आएर बस्ने गरेको उनले बताए । “घरको स्याहार हुन सकेको छैन”, भुजेलले भने ।

पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व गिरिका बुवा मित्रलालले बताएका ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ । स्व गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो ।

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित स्व गिरीले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै उक्त आश्रम बनाउनुभएको स्थानीयले बताए । मूल व्यक्ति नै सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएकाहरु शोकमा डुबेका थिए । शुभेच्छुक तथा नेता कार्यकर्ता स्व गिरीलाई श्रद्धाञ्जली दिन राजधानीतर्फ हिँडेका आश्रममा बस्दै आउनुभएका दीप परियारले बताए ।

“प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो । उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति गए राति नै राजधानी गइसक्नुभयो”, उनले भने, “उहाँ आएको खबर पाउने बित्तिकै गाउँले तथा विभिन्न पार्टीका नेता कार्यकर्ता भेट्न आश्रममा आउनुहुन्थ्यो ।”

“अब हाम्रो बिजोग हुने भयो, हामी अभिभावक विहीन भएका छौँ”, आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, “पहिला भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाई बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा आउनै छाडे ।”

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा स्व गिरीले थुप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाउनुभएको छ । इट्टाको पर्खाल र जस्ताले छाएको उक्त आश्रममा बसेर नै स्व गिरीले राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका चौधरीले बताए ।

“प्रदीप दाईले आश्रमभित्रै बैठक कक्ष बनाउनुभएको छ । अब उहाँको निधनपछि आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलता बढेको छ ।”, उनले भने । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]