११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

विदेह नगरपालिकाको उपमेयर झा सबार गाडीले ठक्कर दिँदा एकको अवस्था गम्भीर

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ भाद्र । धनुषाको औरही गाउँपालिकास्थित हुलाकी राजमार्गमा एक पालिकाको गाडीले दिएको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

प्रदेश–२–०२ ००१ झ ००४२ नम्बरको विदेह नगरपालिकाको गाडीले ठक्कर दिँदा ज.१२प ८६६३ नम्बरको मोटरसाइकल चालक औरही गाउँपालिकाको पोखरभिरा निवासी २७ बर्षीय पुरन मण्डल घाइते भएका हुन् ।

गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधामबाट जाँदै गरेको उक्त गाडीले विपरित दिशातर्फ आउँदै गरेका मण्डल सबार मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीमा विदेह नगरपालिकाकी उप मेयर सबार थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]