०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

बीमा रकमको लोभमा चालक र सहचालकले नै लगाए टिपरमा आगो

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

न्यूजमधेश डेस्क
दाङ,७ भाद्र। दाङको घोराहीमा एक टिपरका चालक र सहचालकले आफूहरूले चलाउँदै आएको टिपरमा आगजनी गरेको खुलेको छ।

घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले सुरुमा बन्दकर्ताले नै उक्त टिपरमा आगजनी गरेको अनुमान गरिएको थियो। तर, प्रहरीले अनुसन्धान गर्ने क्रममा टिपरका चालक र सहचालक नै आगजनीमा संलग्न रहेको खुलेको छ।

प्रहरीले टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका ३२ वर्षीय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका–७, चन्दनपुरका १७ वर्षीय आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रहरीसामु आफैंले आगजनी गरेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेशप्रसाद काफ्लेका अनुसार टिपर पुरानो भएको, पटक पटक बिग्रेर दु:ख दिने भएका कारण आगो लगाएको उनीहरूले बयान दिएका छन्। टिपरधनी घोराहीका थानेश्वर भण्डारी रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]