११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मधेश प्रदेशमा तस्कर र प्रहरीबीच झडप, तीन राउण्ड हवाइ फायर

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,७ भाद्र । जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामग्री नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा तीन राउण्ड हवाइ फायर गरेको छ । तस्करीको सामग्री लुकाएको आशंकामा मंगलबार दिउँसो प्रहरीले घर खानतलासी गर्न पुगेका थिए ।

तर, स्थानीयले घर खानतलासीमा अवरोध गर्दा प्रहरीसँग विवाद भएको थियो । सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त झडपमा केहि प्रहरी र स्थानीय घाइते भएका छन् ।

तस्करीका के कस्तो सामग्री बरामद गरियो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]